![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो ।
बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS