जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्रीमा नियुक्त नगरे संघर्षमा जाने मधेश क्रान्ति संघर्ष समितिले चेतावनी दिएको छ ।
कर्पाेरेट खबरसँग कुराकानी गर्दै संघर्ष समितिका मधेश प्रदेश अध्यक्ष मुन्जय राउतले लामिछानेलाई गृहमन्त्री नबनाए बृहत रुपमा आन्दोलनमा जाने बताएका हुन् । उनले भने, ‘रविको नागरिकताको छानविन भए अरुको पनि हुनुपर्छ, त्यो राम्रो कुरा हो । तर रवि देशका लागि आवश्यक नेता हुन् ।’ राम्रो कामका लागि समिति सधैं साथ दिने पनि उनले बताए ।
विगतका दिनदेखि नै समितिले अतिक्रमण भएका जग्गाहरु, दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई बनाउनुपर्छ लगायत विभिन्न हकहितका लागि आन्दोलन गर्दै आएको छ ।
FACEBOOK COMMENTS