काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सम्पन्न गाडी व्यवसायीहरुको मेला नाडा अटो शो-२०२४ मा ८२ हजारले अवलोकन गरेका छन् ।
आज आइतबारसम्म ६ दिन भएको नाडा अटो शो ८२ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । शनिबार एकैदिन साढे १८ हजार भन्दा बढीले अवलोकन गरेका थिए ।
आयोजकका अनुसार शो सुरु भएको पहिलो दिन ८ हजार, दोस्रो दिन करिब १६ हजार, तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए ।
अघिल्ला वर्षहरुभन्दा यो पटक शो बढी चलायमान भएको बताइएको छ । शो मा यो पटक साना ठूला गरी चार हजार भन्दा बढी सवारीसाधन बुकिङ भएको बताइएको छ ।
FACEBOOK COMMENTS