काठमाडौं । राजसंस्था पक्षधर समूहले आज नारायणहिटी दरबार सङ्ग्रहालयअगाडि व्यापक प्रदर्शन गरेका छन् ।
मोटरसाइकल र्यालीसहित काठमाडौंको सामाखुसीबाट आएर उनीहरूले नारायणहिटी दरबार सङ्ग्रहालयअगाडि प्रदर्शन गरेका हुन् । लोकतन्त्र स्थापनाअघि नारायणहिटी दरबारमा राजा बस्ने गर्दथे ।
प्रदर्शनकारीहरूले ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्’, ‘दुर्गा प्रसाईं जिन्दावाद !’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘गणतन्त्र मुर्दावाद !’, ‘गणतन्त्र धोका हो’, ‘केपी तेरो पाराले दुःख पाए साराले’, ‘राजा ल्याउँ, देश बचाउँ’ जस्ता दर्जनौँ नारा लगाएका छन् ।
प्रदर्शनकारीहरू बाजागाजा र राष्ट्रिय झण्डासहित दरबारमार्ग पुगेका हुन् । उनीहरूले राजा छिट्टै फर्काउने भन्दै नारायणहिटी खाली गर्न बारम्बार नाराबाजी गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्–
रास्वपा सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठविरुद्ध कांग्रेस नेता केसी अदालत जाने
FACEBOOK COMMENTS