काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकी स्वतन्त्र सञ्चालक सुशीला श्रेष्ठको पदावधि समाप्त भएको छ ।
लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै श्रेष्ठको कार्यकाल भदौ १६ गतेदेखि समाप्त भएको जानकारी गराएको हो ।
कम्पनी सचिव दिलीपकुमार श्रेष्ठका अनुसार स्वतन्त्र सञ्चालकको पदावधि सकिएको जानकारी सम्बन्धित नियामक निकायलाई औपचारिक रूपमा दिइएको छ ।