काठमाडाैँ। नेपाल नेटवर्क अपरेटर ग्रुपको १० दशौं संस्करण कार्यशाला आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । यस कार्यक्रममा नेटवर्ककिङ र आइसीटी क्षेत्रका प्राविधिकहरुको ज्ञान र क्षमता वृद्धिका लागि प्रभावकारी हुने जनाइएको छ । यस चारदिने कार्यशालामा नेटवर्क अटोमेसन र एडभान्स रुटिङ सम्बन्धी विभिन्न विधामा नेटवर्क ग्रुपबाट उपलब्ध गराइने छ ।
यस वर्षको पाठ्यक्रम सामाग्रीले नेटवट तथा सिस्टम इन्जिनियरका मागलाई सम्बोधन गर्नेगरी तयार गरिएको छ । २५ देखि २८ नोभेम्बरसम्म कार्यशाला पछि, १४ मंसिरमा एक दिवसीय सम्मेलन आयोजना गरिने समेत जनाइएको छ ।
सम्मेलनमा भाग लिन चाहने पूर्वधानसँग जोडिएका विभिन्न संघसंस्थाहरु नेपाल इन्टरनेट एक्सचेक्ज (एनपीआइएक्स) नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्ट र स्वतन्त्र ऊर्जा उत्पादक संघ इम्पानलाई २० प्रतिशत छुट प्रदान गरिएको छ । यो छुट आगामी २५ गतेसम्मका लागि मात्र मान्यता हुने छ । साथै यसमा प्रविधिको क्षेत्रलाई समावेशिता बढाउन नेपाल नेटवर्कले छात्रवृतिको व्यवस्था पनि गरेको छ । यसमा महिला सहभागितालाई प्रोत्साहन गर्न ५० प्रतिशत छात्रवृत्ति महिला आवेदकहरुका लागि सुरक्षित गरिएको छ ।
यस आयोजनालाई नेपाल इन्टरनेट एक्सचेञ्ज, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क र एशोसिएसन अफ नेपाल र स्वतन्त्र ऊर्जा उत्पादकसँग इम्पानले सहयोग पु¥याएका छन् । यसका साथै अन्तर्राष्ट्रिय समुदायबाट समेत योगदान रहेको छ ।
FACEBOOK COMMENTS