काठमाडौं । अल्फा अटोमोटिभ प्रालिका दक्ष टेक्निसियन विनोद महर्जनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित बनाएका छन् । रोयल इनफिल्ड नेपालको आधिकारिक विक्रेता अल्फा अटोमोटिभअन्तर्गत नक्साल सर्भिस सेन्टरका निनियर टेक्निसियन महर्जनले सुपर स्क्वाड ३.० ग्लोबर टेक्नििसियन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो रनर-अप स्थान हासिल गरेका छन् ।
फेब्रुअरी ६, २०२५ मा भारतको चेन्नईमा सम्पन्न यस प्रतिष्ठित प्रतियोगितामा विनोदले आफ्नो उच्च दक्षता, समर्पण र व्यावसायिक क्षमताको उत्कृष्ट नमुना प्रस्तुत गरे । मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरूको समाधान गर्ने सीपमा आधारित यो प्रतियोगिता विश्वभरका ४० देशबाट छनोट भएका उत्कृष्ट टेक्निसियनबीच प्रतिस्पर्धात्मक थियो । चेन्नईको सो कार्यक्रममा रोयल इनफिल्ड इन्डिया का ग्लोबल प्रडक्ट हेड प्रदीप मेथ्यूले महर्जनलाई बधाईसहित प्रमाणपत्र प्रदान गरे ।
नेपालका प्राविधिकहरू पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने महर्जनको उपलब्धिले पुष्टि गरेको छ । यस सफलतापश्चात् नेपाली टेक्निसियनहरूको सीपलाई अझै निखार्ने अवसरहरू सिर्जना गर्न अल्फा अटोमोटिभ आगामी दिनहरूमा पनि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS