काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि नेप्से कारोबारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
आज १२.९२ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ६५ दशमलव ७८ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२८ ओटा धितोपत्रको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर २५ हजार ९०८ पटक खरीदविक्री हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँ ८३ पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँ ८१ पैसा बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक ३३.७६ अङ्कले घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू घटेका छन् भने विकास बैंक, फाइनान्स उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युच्युअल फण्ड, र अन्य उपसूचकहरू बढेका छन् भने बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको कारोबार घटेका छन् ।
बजार घट्दा पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भइ प्रतिकित्ता १ हजार ९३२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै बलेफी हाइड्रोपारको शेयर मूल्यमा ९ दशमलव ९६ प्रतिशतले बृद्धि भइ प्रतिकित्ता १८५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । उपकार लघुवित्तको शेयर प्रतिकित्ता १७५ रुपैयाँ ७० पैसा र बलेफीको शेयर आज प्रतिकित्ता १६ रुपैयाँ ८० पैसाले बढेको हो ।
अघिल्लो कारोबार दिन गत शुक्रबार पनि यी दुइृ कम्पनीका शेयर मूल्य सर्किट लेभलमै कारोबार भएको थियो ।
FACEBOOK COMMENTS