काठमाडौं । साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
आज ३५.६६ अङ्कले बढेर नेप्से परिसूचक २ हजार ४६४ दशमलव ३१ विन्दुमा उक्लिएको छ । आज कारोबारमा आएका २२४ ओटा धितोपत्रको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर ४२ हजार ५०६ पटक खरीदविक्री हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ ५३ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स १.७९ प्रतिशत, फ्लोट इन्डेक्स १.४४ प्रतिशत तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.६३ प्रतिशतले बढेका छन् । त्यस्तै आज सबै उपसूचकहरूमा पनि हरियाली छाएर धनात्मक बनेका छन् । उपसूचकहरूमा आव ०.८२ प्रतिशतदेखि ३.५९ प्रतिशतसम्मले वृद्धि आएको छ ।
आजको बजारमा एउटा हाइड्रोपावर र एउटा लघुवित्त कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज हिमालयन पावर पार्टनरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ प्रतिकित्ता ४६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै आज नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा पनि १० प्रतिशतले नै वृद्धि भइ प्रतिकित्ता १ हजार ७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
हिमालयनको ४२ रुपैयाँ तथा नेष्डोको १५४ रुपैयाँ ५० पैसाले बढेको हो ।
यो पनि पढ्नुहोस्–
प्रि–ओपस सेसनमा सामान्य घटेको नेप्सेमा आयो दोहोरो अङ्कको वृद्धि
FACEBOOK COMMENTS