काठमाण्डौ- एन आई सी एशिया बैंकले ईन्टरनेश्नल युसडी भिसा कार्ड सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुमा ई कमर्स प्रतिको बढ्दो आकर्षषणलाई ध्यानमा राख्दै एन आई सी बैंकले यो सेवा शुरु गरेको हो ।
नेपाल र भारत बाहेक अन्य देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रयोग गर्न सकिन्छ ।
यसको कार्डको प्रयोग बाट अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा निकाल्न मिल्ने कर्जाको ५० प्रतिशत सम्म नगद निकाल्न मिल्ने बैंकले बताएको छ ।
४५ दिन सम्म सर्भिस चार्ज फ्रि उपयोग गर्न सकिनुका साथै शत प्रतिशत भुत्तानीको व्यवस्था भएको जनाएको छ ।
एन आई सी एशिया बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग सेवा गदै आएको छ ।
FACEBOOK COMMENTS