काठमाडौं । नेपाल विद्युत् प्राधिकरण घाटामा रहेकाे भनिएकाे बारे संसद्मा ऊर्जामन्त्री दीपक खड्काको स्पष्टीकरण मागिएको छ ।
आज बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले यस्तो माग गरेकी हुन् ।
केही महिनाअघिसम्म अर्बाैँ नाफामा रहेकाे विद्युत् प्राधिकरण पछिल्लाे एक महिनाभित्र पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेकाे सुनिएकाे भन्दै उनले यसबारे ऊर्जामन्त्रीको जवाफ माग गरेकी हुन् ।
‘केही महिनाअगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा भएको विद्युत् प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनेको सुनिएको छ,’ सांसद डाँगीले भनिन्, ‘यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि म माग गर्न चाहन्छु ।’
हेर्नहोस् भिडिओ–
FACEBOOK COMMENTS