काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १९ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ ।
राष्ट्र बैंकले २८ दिन अवधिका लागि ८ अर्ब १० करोड, १८२ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
२८ दिन अवधिको २०८१ वैशाख १८, १८२ दिनको २०८१ साउन १५ गते र ३६४ दिनको २०८१ माघ १५ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल माघ १६ गते जारी हुने छ । यसको बोलकबोल आज मध्यान्ह २ बजे हुनेछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
FACEBOOK COMMENTS