काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार आज बिहान बोर्ड बैठक बस्ने र मध्यान्नमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ ।
मौद्रिक नीतिको समीक्षापूर्व बुधबार बैंकर्स संघका पदाधिकारीसँग छलफल भएको छ । गभर्नर महाप्रसाद अधिकारीले गत साउन ११ गते चालु आर्थिक वर्षका लागि लचिलो र विस्तारकारी मौद्रिक नीति ल्याएका थिए । गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएका थिए ।
लचिलो मौद्रिक नीतिको प्रभावले बाह्य अर्थतन्त्र सबल हुँदै गए पनि आन्तरिक अर्थतन्त्र भने अझै अपेक्षा अनुसार चलायमान हुन सकेको छैन् । चालु आर्थिक वर्षका लागि लचिलो र विस्तारकारी मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले त्यही नीतिलाई निरन्तरता दिने स्रोतको भनाइ छ ।
FACEBOOK COMMENTS