काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची रहेको छ ।
त्यसैगरी आज विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धि सम्झौतामाथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी आज राष्ट्रिय सभामा उत्पति भएको पानी जहाज (संचालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS