काठमाडौं । प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरूद्ध भएको छ।
इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीले मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने जानकारी दिए। बैठक ११ बजेदेखि बसिरहेको छ।