एजेन्सी । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२००० बिहीबार मध्य प्रदेशमा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट ३८४ किलोमिटर उत्तरमा रहेको शिवपुरी जिल्लाको सुनारी चौकी नजिकै विमान दुर्घटना भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पाइलट घाइते भएका छन् । दुर्घटनापछि सो विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ । दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन । भारतीय वायुसेनाले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।
FACEBOOK COMMENTS