काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले भेट गरेका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका छन् ।
चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन तथा थाइल्याण्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही चैत १९ गते बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।