![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका छन् ।
आज बिहान प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भेटमा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डा. अरुण मास्केले जानकारी गराए । उनी मंगलबार अस्पताल भर्ना भएका हुन् ।
गत असोज अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि त्यही उपचार गरिएको थियो । अहिले थप उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।
अस्पतालमा डा अरुण मास्केसहित चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि उनको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
FACEBOOK COMMENTS