काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएकामा खुसी व्यक्त गरेको छ ।
आज आइतबार विज्ञप्ति नै जारी गरेर इप्पानले उनको नियुक्तिको स्वागत गर्दै उनलाई नियुक्ति दिने ऊर्जामन्त्री दीपक खड्कालाई धन्यवाद समेत ज्ञापन गरेको हो ।
इलेक्ट्रिकल इन्जिनियरिङमा स्नाकोत्तर (डिग्री) हासिल गर्नुभएका नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक अधिकारी नेपालको ऊर्जा क्षेत्रको नीतिगत र कार्यान्वयन तहका साथै आन्तरिक र बाह्य विद्युत् बजार, ऊर्जा सुरक्षा र साइबर सुरक्षा तथा भूराजनीति तथा ऊर्जा कुटनीतिका ज्ञाता रहेका अधिकारीको नियुक्तिले विद्युत् क्षेत्रमा निजी क्षेत्रको प्रवर्द्धन हुनाका साथै सहजीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास इप्पानले लिएको छ ।
‘लामो समय नेपाल विद्युत प्राधिकरणमा विद्युत व्यापार विभागको नेतृत्व सम्हालेर विद्युत उत्पादनमा सहभागी निजी क्षेत्रलाई नजिकबाट नियाल्नु भएका र निजी क्षेत्रप्रति सधै सकारात्मक धारणा राख्नुहुने अधिकारीकोे नियुक्तिले निजी क्षेत्र उत्साहित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नीतिगत, कार्यगत लगायतका ऊर्जा क्षेत्रका समग्र विषयवस्तुका विज्ञ व्यक्तित्वलाई वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेकामा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारको मन्त्रिपरिषद तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री माननीय दीपक खड्काप्रति इप्पान हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छ ।’
भदौ १३ गते बसेको मन्त्रिपरिषदको निणर्यले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेको थियो । उक्त निर्णयबाट आफूहरू खुसी रहेको जनाउ दिँदै इप्पानले ऊर्जा विज्ञ अधिकारीको प्रसंशा गरी निजी क्षेत्रको पक्षमा काम गर्ने वातावरण निर्माण गर्ने प्रयास गरेको देखिन्छ । विज्ञप्तिमा इप्पानका अध्यक्ष गणेश कार्की, महासचिव बलराम खतिवडा दुवैजनाले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति–



यो पनि पढ्नुहोस्–

इलेक्ट्रिक भेहिकलले पेट्रोल र डिजेलको आयात घटाउन किन सकेन ?
FACEBOOK COMMENTS