![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र पुजार सार्कीको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा मुख्य अभिनेता आर्यन सिग्देलसहित प्रदीप खड्का र पल शाहलाई देख्न सकिन्छ ।
तीनैजना चकलेटी कलाकार पोस्टरमा भिन्न लुक र गेटअपमा देखिएका छन् । जसले दर्शकहरुमा कौतुहलता थपेको छ ।
यस फिल्ममा आर्यन, प्रदीप र पलसँगै अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । साथै फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, तारा शर्मा लगायतको पनि अभिनय छ ।
सुभाष भुसाल निर्माता रहेको यस फिल्ममा विकास सुवेदीको लेखन रहेको छ । यसअघि राउत र विपिनले प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ मा पनि सहकार्य गरेका थिए ।
किङ्गडम नेटवर्कको प्रस्तुतिमा बन्ने फिल्मको हाल वर्कसप भइरहेको छ । यसै साताबाट छायाङ्कनमा जाने निर्माण टिमको योजना छ ।
FACEBOOK COMMENTS