काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनीयरिङ्ग फर्म्स (स्काएफ) नेपालको आयोजना तथा निर्माण व्यवसाय विकास प्रवर्द्धन केन्द्र र निर्माण व्यवसायी महासंघको सहयोगमा पाँच दिने पुल डिजाइनको उच्चस्तरीय तालिम नगरकोटमा सम्पन्न भएको छ ।
पुल डिजाइनको तालिममा स्काएफ नेपालका सदस्य संस्था, सडक विभाग्, विद्युत विकास विभाग्, यातायात इन्जिनीयर मञ्च, निर्माण व्यवसाय महासंघको सदस्यहरूमध्ये पुल डिजाइनको प्राम्भिक तालिम लिएका २७ जना छनौट भई तालिम लिएका थिए । सो तालिममा स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोग रहेको थियो ।
यही वैशाख ९ गते भएको तालिमको उद्घाटन स्काएफका अध्यक्ष ई. ठाकुर प्रसाद शर्मा र सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख ई. ललिजङ खनालले संयुक्त रूपमा गरेका थिए । सो उद्घाटन समारोहमा तालिमका मुख्य प्रशिक्षक, स्थानीय सडक तथा पुल सहयोग इकाइका टिम लिडर ई. शकिल मानन्धरले अतिथीको रूपमा उपस्थिति जनाएका थिए । कार्यक्रम सञ्चालन स्काएफ नेपालको पेशागत क्षमता अभिवृद्धी उप–समितिका संयोजक आ. नवीन घिसिङले गरेका थिए ।
दुबै तालिममा वरिष्ठ इन्जिनीयर शकिल मानन्धर, वरिष्ठ ई. रन्जन मानन्धर, ई. सुरेश अर्याल र ई. सरोज घिमिरेले प्रशिक्षण दिएका थिए भने ई. मोहन शर्मा, ई. स्मृति कोजु र ई. सुश्मिता महर्जनले प्रशिक्षण सहयोगीको भूमिका निर्वाह गरेका थिए । नगरकोटस्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा सञ्चालित प्रोजेक्ट म्यानेजमेन्टसम्बन्धी प्राइमाभेराको उच्चस्तरीय तालिममा २९ जनाको सहभागिता रहेको थियो ।
आवासीय रूपमा सञ्चालित दुबै तालिमहरूको संयुक्त समापन नगरकोटस्थित खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा भएको थियो । समापन समारोहको प्रमुख आतिथ्यता निर्माण व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष ईएडी लामाले गरेका थिए । त्यसैगरी विशिष्ट अतिथिको रूपमा सो कार्यक्रममा निर्माण व्यवसाय विकास प्रवर्द्धन केन्द्रका प्रमुख भिमार्जुन अधिकारीको उपस्थिति थियो ।
सो कार्यक्रममा खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख ई. डा. रजित ओझाको समेत उपस्थिति थियो । स्काएफ नेपालका अध्यक्ष ई. ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सो समारोह सम्पन्न भएको थियो ।
स्काएफ नेपालका महासचिव तथा तालिम निर्देशक ई. कमल कार्कीको संयोजनमा दुवै तालिमहरू सञ्चालन भएका थिए । तालिमको स्वागत मन्तव्यको क्रममा तालिम सञ्चालन गर्न तीन संस्थाहरूले खुलेर गरेको सहयोगप्रति कृतज्ञता जाहेर गर्दै पुल डिजाइन गर्ने क्रममा परिवर्तनको संवाहकको रूपमा सिकाइको साथसाथै अनुभवबाट नै परिवर्तनका लागि पहलकदमी लिने प्रस्थानविन्दुको रूपमा यो तालिम बन्न सक्ने कुरामा आफु विश्वस्त रहेको बताए । साथै, प्रशिक्षार्थीहरूको निरन्तर सहयोग रहने विश्वास भएको जनाएका थिए ।
FACEBOOK COMMENTS