काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ‘अस्पताल भर्ना भएका छन्।
आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए।
उनले भने, ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो। आज थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि आज भर्ना गरिएको हो।’
निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए। उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताए।