काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच एक हुने सहमति भएको छ ।
सोमबार साँझ रवि बालेनले सहमति गरेको कमलपोखरीस्थित असिम शाहको कार्यालयमा भएको वार्तामा सहमति भएको हो ।
यो सँगै आगामी निर्वाचनमा बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ एक ठाउँमा भएका छन् । सहमति बारे जानकारी दिँदै सुदन गुरुङले भनेका छन् ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’
केहिबेरमा सहमतिमा हस्ताक्षर गर्न लागिएको छ ।

FACEBOOK COMMENTS