काठमाडाैँ। रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा तीन दिनको बयान सकिएको छ । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफ दिएसँगै उनको बयान सकिएको हो । प्रहरीका अनुसार उनलाई आजै पोखराल लैजाने प्रहरीको तयारी छ । उनले बयानमा सोधिएको प्रश्नको सहज ढंगले जवाफ दिएका छन् भने सहकारीमा रकम ल्याउनमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका थिए । उनले रकम ल्याउनमा कुनै संलग्नता नभएको र जीवी राईलाई नै छानबिन गरेर सोध्न आग्रह गरेका हुन् ।
उनलाई आजै पोखरा पठाइने भएको छ । २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार रूपन्देही ल्याइएको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
FACEBOOK COMMENTS