काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले नाम फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनमा जाने निर्णय भएको थियो ।
१८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार निर्वाचन हुँदै छ । यस क्रममा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
गत असार १६-२० सम्म काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका थिए ।
२१ सदस्यी पदाधिकारीमा १८ जनाका लागि निर्वाचन हुने तालिका थियो । तर ,पाण्डे निर्विरोध भएपछि अब १७ पदाधिकारी पदमा निर्वाचन हुँदै छ ।
FACEBOOK COMMENTS