काठमाडौँ । मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राईड २०२३’ सम्पन्न गरेको छ ।
बिश्वभर एकै दिन आयोजना गरिएको सो राइडको नारा ‘वान मिसन वल्र्ड, वान वल्र्ड, वान राइड’ रहेको थियो । वान राइड २०२४ कार्यक्रम आइतबार बिहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सहभागीहरूलाई सडक सुरक्षाका बारेमा जनचेतना दिइएको थियो ।
उक्त राइडमा ५० भन्दा बढी देशका ५०० भन्दा बढी सहरमा ३० हजार भन्दा बढी राइडरहरुले एकै साथ राइड गरेका हुन् । नेपालमा भने काठमाडौँ लगायत १७ मुख्य सहरहरू बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगन्ज, हेटौडा, नारायणगढ, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढीबाट ४५० जनाभन्दा धेरै राइडरहरुले सहभागी जनाए ।
देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक मा वि का सबै विद्यार्थीहरूलाई हुने गरी खेलकुद सामग्री र पचास हजार नगद सहयोग वितरण गरिएको थियो । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अल्फा अटोमोटिभका आधिकारीहरू समेत सहभागी भएका थिए ।
FACEBOOK COMMENTS