काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । फागुन २८ गते बिहीबार सरकारले फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा छ । बिदा भएका कारण आजसम्म कायम रहेका सेरधनीले मात्रै लाभांश पाउनेछन् ।
कर्पोरेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS