काठमाडौं । सामसङ नेपालले आज ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको छ ।
यससँगै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र अझ स्मार्ट ओनरशिप यात्रा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
आठौँ पुस्तामा प्रवेश गरेको सामसङको फोल्डेबल प्ल्याटफर्मले डिजाइन, ड्यूरेबिलिटी, पोर्टेबिलिटी र सफ्टवेअर क्षेत्रमा वर्षौँदेखि हासिल गरेको सिकाइ र सुधारलाई प्रतिबिम्बित गर्छ ।
ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, र ग्यालेक्सी जेड फोल्ड ८ का ठूला डिस्प्लेले एआईलाई विभिन्न काम गर्न अझ ठूलो कार्यस्थल उपलब्ध गराउँछन्, जसले प्रयोगकर्तालाई बारम्बार एप परिवर्तन नगरी समीक्षा, तुलना, सिर्जना तथा आवश्यक एक्शन लिन सहज बनाउँछ ।
ग्यालेक्सी जेड फ्लिप ८ लेकम्प्याक्ट फर्म फ्याक्टो मा छिटो एआई अन्तरक्रिया र रचनात्मक अभिव्यक्तिको अनुभव प्रदान गर्छ भने नयाँ ग्यालेक्सी वाच लाइनअपले कनेक्तेड स्वास्थ्य तथा वेलनेस एक्सपिरिएन्सलाई विस्तार गर्छ ।
यस लन्च मार्फत सामसङ नेपाललले उपभोक्ताहरूलाई प्रिमियम प्रविधिको अनुभव गराउने तरिकामा व्यापक परिवर्तनलाई पनि संकेत गर्छ । लन्च मूल्यमा मात्र केन्द्रित हुनुको सट्टा, सामसङले सुलभता, पहुँचयोग्यता र दिगोपनालाई केन्द्रमा राख्दै कनेक्टेड ओनरशिप इकोसिस्टम निर्माण गरिरहेको छ ।
एचएफएलले ४०% डाउन पेमेन्टसहित २४ महिनाको ईएमआई सुविधा उपलब्ध गराउँछ । साथै, योग्य उच्चस्तरीय ग्राहकहरूका लागि ईएमआई अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्ट २०% सम्म घटाउने लक्ष्य राखिएको छ ।
यससँगै, ट्रेड–इन बोनसले सुरुवाती आर्थिक भार कम गर्न मद्दत गर्नेछ भने कनेक्टिभिटी सुविधा र योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको नगद फिर्ताले स्वामित्व यात्राभरि थप मूल्य प्रदान गर्नेछ ।
त्यसैले, सहज स्वामित्व भनेको केवल एउटा छुट होइन—विभिन्न सुविधा र लाभहरूको एकीकृत संयोजन हो, जसले ग्यालेक्सीको प्रिमियम मूल्य र अनुभवलाई कायम राख्दै यसको स्वामित्वलाई अझ सहज र व्यवस्थापनयोग्य बनाउँछ ।
आईएमएस र हिम इलेक्ट्रोनिक्स ओम्नीच्यानल सहकार्यमार्फत सामसङले डिजिटल योग्यता जाँच, सुविधा छनोट, प्रि–अर्डर, डेलिभरी र सामसङ ब्रान्ड स्टोरबाट उत्पादन लिने प्रक्रियालाई एउटै सहज अनुभवमा जोड्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
ग्राहकले डिजिटल केवाईसी वा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र उत्पादन प्राप्तिसम्म, सबै माध्यममा समान जानकारी र स्वीकृत सुविधासहित सहज रूपमा प्रक्रिया पूरा गर्न सक्नेछन् ।
ट्रेड–इनका लागि योग्य उपकरणहरूलाई एपीकेयूडीओ र स्थानीय साझेदारहरूको सहकार्यमा व्यवस्थित रूपमा परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गर्न सकिन्छ । उपयुक्त अवस्थामा पुराना उपकरणलाई पुन: मर्मत गरी पुन: प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ ।
यसको प्रिअर्डर बिहीबार अगस्ट १३ देखि सुरू भएकोमा स्टक रहँदासम्म खुला रहने बताइएको छ । जसमा पनि भिआईपी प्रीअर्डर प्याकेजमा ६८ हजार रुपैयाँसम्मका लाभहरू पाइनेछ भने सामान्य प्रिअर्डरमा ५८ हजार रुपैयाँसम्मका लाभ पाइने कम्पनीले जनाएको छ ।