काठमाडौं । सानीमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले कम्पनीका महाप्रबन्धक सुदिप रोकालाई पुन: सोही पदमा नियुक्त गरेको छ ।
कम्पनीले रोकाको अघिल्लो कार्यकाल २०८३ साउन १९ गते समाप्त हुने भएपछि सञ्चालक समितिको आज बसेको बैठकले उनलाई पुन: महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार, रोकायलाई २०८३ साउन २० गतेदेखि २०८५ असार ३१ गतेसम्म अर्थात् दुई वर्षका लागि पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ।
रोकासँग जलविद्युत् प्रवद्र्धक कम्पनीको उच्चव्यवस्थापन तहमा ८ वर्ष र सम्बन्धित विषयमा १० वर्षभन्दा बढीको कार्य अनुभव छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको जलविद्युत् केन्द्र निर्माण गरी सञ्चालन गरिरहेको छ ।