सर्लाही । कांग्रेसको अधिवेशनका क्रममा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरीले जानकारी दिएका छ ।
आइतवार स्थगित भएको वडा अधिवेशन मतदान प्रकृयाबाट गर्ने तयारी भइरहँदा दुई पक्षबाट फरक–फरक ठाउँमा गर्ने प्रस्ताव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य समेत रहेका अमरेश सिंह पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।
घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाईते भएका प्रहरीले पुष्टि गरेको छ । घाइते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर छन् भने अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन ।
घाइतेमध्ये मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्था सामान्य छ । उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।
FACEBOOK COMMENTS