काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ ।
यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको थियो ।
शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो । बाइपास सुरुङको लम्बाइ १३० मिटर र बाइपास १ को लम्बाइ १५१ मिटर रहेको छ ।
बाइपास २ सुरुङको लम्बाइ १६१ मिटर रहेको छ । जसको अहिलेसम्म ११७ मिटर खनिएको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो ।
FACEBOOK COMMENTS