काठमाडौं । सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने उनले बताए ।
सामाजिक विकृति अन्त्यका लागि तीन तहका सरकारबीच समन्वय गरिने भएको छ ।
बाल सुधार गृहको सुधार गरिने भएको छ ।
