काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाडौँको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि प्रदर्शन गर्दै ऊर्जामन्त्रीको पुत्ला दहन गरेका हुन् ।
हिजोको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई सो पदमा नियुक्त गरेपछि यसको चर्को आलोचना भइरहेको छ ।
FACEBOOK COMMENTS