काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
एशोसियसनको १९ औं सभाले उपाध्यक्षमा कामना सेवा बिकास बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिबमा गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।
यस्तै सदस्यहरुमा लुम्बिनी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, साइन रेसुङ्गाका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेपलपमेन्ट बैंकका हरिबहादुुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन् ।
FACEBOOK COMMENTS