काठमाडौं । नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ ‘पन्चईभी काठमाडौँमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लन्च भएसँगै देशैभरका आधिकारिक शोरुमहरूबाट एकैपटक भव्यताका साथ सार्वजनिक गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई नेपालभरका शोरुमहरूबाट एकसाथ सार्वजनिक गरिएको जनाएको छ ।
नयाँ पन्च ईभी पूर्वका बिर्तामोडस्थित अलास्का अटोमोबाइल्स प्रा.लि, विराटनगर र इटहरीका गोयल अटो प्रा.लि., मधेस प्रदेशका गिरिजा अटोमोबाइल्स प्रा.लि. र राज अटो प्रालि, पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीको गार्स ट्रेडिङ कन्सर्नबाट एकैसाथ सार्वजनिक भएको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिका अनुसार द अल न्यु टाटा पन्च ईभीप्रति नेपालमा देखिएको उत्साह यसको बुकिङमा पनि स्पष्ट रूपमा देखिएको छ ।
’टाटा मोटर्सले विगतदेखि नै नेपाली ग्राहकहरूको आवश्यकता र चाहनाअनुसारका उत्पादनहरू ल्याउँदै आएको छ र यो न्यु पन्च ईभीको सकारात्मक सुरुवात देखेर हामी यसमा सफल भएको महसुस गरिरहेका छौँ ।
यसको सुरुवाती प्रतिक्रिया र बुकिङले हामीलाई निकै उत्साहित बनाएको छ।’ उहाँले बुकिङ भएका ३२.९९ लाखका सुरुवाती मोडलसहितका सबै गाडीहरू केही दिनभित्रै ग्राहकहरूलाई डेलिभरी दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।
साथै एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ ।