काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो ।
एमालेको केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो ।
सोही जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगको मंगलबारको बैठकले उनीहरू निर्वाचित भएका पदहरू रिक्त भएको निर्णय गरेको हो ।
आयोगका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका वडाध्यक्षहरूको पद रिक्त भएको छ ।


