काठमाडौं । जारी फिफा विश्वकप फुटबलमा २१ देश नकआउट चरणमा प्रवेश गरेका छन् ।
शनिबार बिहानसम्म सम्पन्न खेल अनुसार समुह विजेता हुदै ९ देश नकआउटमा पुगेका छन् भने ८ देश उपविजेता हुदै पुगेका छन् । त्यस्तै चार देश तेस्रो स्थानमा रहेर अहिलेसम्म नकआउटमा पुगेका हुन् ।
जस अनुसार मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, स्पेन, फ्रान्स र अर्जेन्टिना समुह विजेता हुदै नकआउट चरणमा पुगेका छन् ।
त्यस्तै दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे र नर्वे उपविजेता हुदै नकआउटमा पुगेका हुन् । त्यस्तै बोस्निया हर्जगोभिना, पराग्वे, इक्वेडर र स्विडेन आ–आफ्नो समुहमा तेस्रो स्थानमा रहेर पनि नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।
त्यस्तै अहिलेसम्म नकआउट चरणमा जर्मनीले पराग्वेसँग, फ्रान्सले स्विडेनसँग, दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्याण्डसले मोरक्कोसँग, अमेरिकाले बोस्निया हर्जगोभिनासँग, ब्राजिलले जापानसँग, आइभरी कोष्टले नर्वेसँग, र अर्जेन्टिनाले केप भर्डेसँग खेल्ने तय भएको छ ।