काठमाडौं, चैत ३ – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज बसेको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। आज बैठक तत्कालीन संविधान सभाका सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवकाे निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको हो।
अर्को बैठक यही चैत ६ गते बस्नेगरी बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेपछि पुनर्स्थापित संसद्को यो तेस्रो बैठक हो।
यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।