काठमाडौं, पुस २४ – राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल वल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बास्डरमा नियुक्ती गरिएको छ । बैंकले शुक्रवार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्द्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौतामा अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी हुन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बास्डरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।
कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बास्डर हुन पाउदा अत्यन्त खुशी लागेको बताइन् ।
कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
