काठमाडौं, जेठ १८ – सरकारले चार देशमा उडान खुला गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलबारदेखि चीन, कतार र टर्कीमा सातामा एक वटा उडान खुला भएको हो ।
यस्तै यसअघि नै सरकारले अन्य गन्तव्यमा उडान स्थगित गरेपनि भारतको नयाँदिल्लीमा सातामा दुई उडान नियमित रुपमा हुँदै आएको छ । भारतमा बुधबार नेपाल एयरलाइन्स र शुक्रबार एयर इन्डियाले दुई उडान गर्दै आएका छन्।
तीन गन्तव्यमा उडान खुला सगैँ नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्कीस एयरलाइन्सलाई बिहीबार उडानको अनुमति दिइसकेको छ ।क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीनको र नेपालको हिमालय एयरलायन्सले चीनमा नियमित उडान गर्न पाउनेछन्। त्यस्तै कतारको दोहामा कतार एयरलाइन्स र नेपाल एयरलाइन्सले हप्ताको एउटा उडान गर्नेछन्।
‘टर्कीमा नेपाली हवाइ कम्पनीको नियमित उडान छैन, त्यसैले टर्किस एयरलाइन्सको एउटा मात्रै उडान हुन्छ’, उनले भने, ‘चीन र कतारमा सम्बन्धित देशको जहाज र नेपाली कम्पनीले उडान भर्न पाउँछन्।’
अब चीन, कतार र भारतमा हप्ताको दुई उडान हुनेछन् भने टर्कीमा एक उडान हुनेछ। तर नेपाल भारत उडानमा भने दुई देशका नागरिक मात्रै आउजाउ गर्न पाउनेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट आउने नेपाली तथा विदेशीले नेपालमा आउँदा १० दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ।मलेसियासहित खाडी मुलुक बस्ने नेपालीले भने ५ दिन होटल क्वारेन्टिन र १० दिन होम क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ। गत बैशाख २३ गतेदेखि स्थगित भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
