काठमाण्डौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बंगलादेश बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंककाग्राहकहरुले नेपाल बंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफइन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजना बजारमा ल्याएको छ ।
FACEBOOK COMMENTS