काठमाडौँ, कात्तिक २२ – दाङ घोराहीका ५९ वर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषको बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान मृत्यु भएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो।