काठमाडौं, मंसिर १६ सार्क – राष्ट्रहरुको लेखाव्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (SAFA )द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बैंक लिमिटेड पुरस्कृत भएको छ ।
बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीयप्रतिवेदन अवार्ड जित्न सफलभएसँगै सार्क राष्ट्रका बैंक तथावित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैककातर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।
नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा सम्पन्न एक समारोहकाबीच बङगलादेशका वाणिज्य मन्त्री श्री टिपु मुन्सिएमपिले बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरणगरेका हुन् ।
आगामी दिनहरुमा संस्थाको पारदर्शिता,जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बंैक सधै प्रयासरत रहने बैंकले जनाएको छ ।