काठमाडौं, वैशाख २८ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दुमा पुगेको छ भने ५ अर्ब ८१ करोड ६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका सबै समूहमा हरियाली छाएका छन् भने सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बोटलर्स नेपाल, रु रु जलविद्युत परियाोजना, युनाईटेड मोदी हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।