काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको दोस्रो दिन आज सोमबार झिनो अंकको गिरावट भएको छ । नेप्से आज २६.४४ अंकले बढेर दुई हजार ७ सय १५ दशमलब ३५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि चार अर्बको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३५ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा बढी संख्यामा किनबेच भएको छ । आज यसको ८ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको हो ।
FACEBOOK COMMENTS