काठमाडौँ । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्य विजयी भएका छन्। उनले ३२ हजार ८ मत ल्याएर प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।
अन्तिम मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ । सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८ हजार १९१ मतसहित विजयी भए । काँग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत मात्रै पाए ।
FACEBOOK COMMENTS