काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।
यसअघि राजस्व अनुसन्धान विभागलगायत विभिन्न निकाय र जिम्मेवारीमा रहेका उनी विभागको महानिर्देशक नियुक्त भएका हुन् ।
उनी मैनालीले आफू नियुक्त भएको पत्र पाएको र बुधबारदेखि काम सुरु गर्ने बताए ।
यसअघि महानिर्देशक रहेका रितेश शाक्य अर्थमन्त्रालयमा फिर्ता भएका छन् ।
भ्याट बिल छानविन प्रकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै भेहिकल ट्रयाकिङ सिस्टमको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका उनी आँटिला र निष्कलंक प्रशासकको रुपमा चिनिन्छन् ।
FACEBOOK COMMENTS