काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री खुला गरेको छ ।
बैंकले सेयरको बिक्री मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहीबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS