काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्रमा १ खर्बको सुधार भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २६औं स्थापना दिवसको अवसरमा राजधानीमा बिहीवार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष अर्थतन्त्रले धेरै गुमाएको बताए ।
यस वर्ष १ खर्ब सुधार भएको छ । यो सुधार चालू आर्थिक वर्षको ३ महिनामा भएको पनि उनले बताए । अधिकारीले बजार सुधार गर्न प्रयास भइरहेको बताए ।
‘कात्तिक १ गतेदेखि हामीले ल्याएको चालू पुँजी कर्जा अर्थतन्त्र सुधारकै लागि ल्याएको हो । १ महिनामा नै बैंकसँग कुरा पनि गरेका छौं । सही सोलुसन र उपाय खोज्नुपर्छ, हामी प्रयासमा छौं,’ अधिकारी भने ।
उनले भने, ‘केही समय अर्थतन्त्रको सुधारका लागि गरेको आयात रोक्ने कामले २८–३० अर्ब रुपैयाँ राजस्व घटेको छ । यता घाटा भए पनि भाग्यवश अर्थतन्त्रको सुधार भएको छ । नियन्त्रणभन्दा बहिर लान खोजेको होइन ।’
FACEBOOK COMMENTS