बंगलादेश । एक दिवसीय क्रिकेट खेलमा आइतबार बंगलादेशले भारतलाई पराजित गरेको छ ।
बंगलादेशको मिरपुर रंगशालामा आइतबार भएको एक दिवसीय खेलमा बंगलादेशले भारतलाई एक विकेटले पराजय गराएको हो ।
बंगलादेशले २४ बल बाँकी छदै जित हासिल गरेको हो ।
पहिला ब्याटिङमा उत्रिएकाे भारतका केएल राहुलले ७० बलमा सर्वाधिक ७३ रन बनाए । उनले ४ छक्का र ५ चाैकाकाे मद्दतले ७३ रन बनाउन सफल भए । यस्तै अपनर राेहित शर्माले २७, श्रेयस लेयरले २४ रन बनाए ।
सुरूवातदेखिनै खराब ब्याटिङ गरेकाे भारतकाे पारी राहुलले भने केही सम्हालेका थिए । तर, बंगलादेशकाे बलरकाे अगाढि भारतका ब्याटम्यानहरू निरिह देखिए ।
राहुल आउट भएपछि भारतकाे पारी दयनिय बन्दै गयाे । धर्मराउँदै गरेकाे भारत ४१.२ आेभरमा अफआउट हुन पुग्याे । त्यसबेलासम्म भारतले १८६ रन बनाएकाे थियाे ।
उता बंगलादेशका बलर साकिब अल हसनले ५ विकेट लिए भने इबाेदेट हाेसाइनले ४ र मेहेदि हसन मिजरले १ विकेट लिए ।
१८७ रनकाे तार्गेट लिएर मैदानमा उत्रिएकाे बंगलादेशकाे पारी पनि खासै प्रशंसा गर्ने याेग्य भने थिएन । तर, सामान्य रनकाे तार्गेट रहेकाले बंगलादेशले सम्हालिएर खेल्याे ।
बंगलादेशका कुनै पनि ब्याटम्यानले हाफसेन्सुरी हान्न नसकेतापनि लिट्टन दास र मिजरले ४१ र ३८ रन बनाए । अपनर अनामुल हकी १४ रनमा पेवेलियम फर्किदा हसानले २९ रनकाे याेगदान गरे ।
मुसफिकर रसिमले १८, महमुदुल्लाले १४ रन बनाए । मुस्थाफिजुर रसमानले १० रन बनाउँदै बंगलादेशलाइ जित दिलाए ।
बंगलादेशले ४६ आेभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेकाे हाे ।
उता भारतका बलर महम्मद सिरज, वासिङटन सुन्दर र कुलदिप सेनले क्रमश: ३,२,२ विकेट लिए भने दिपक चाहान र सरदुल ठाकुरले समान एक/एक विकेट लिए ।
FACEBOOK COMMENTS